सुशीला कार्कीलाई बालेनको समर्थन, हर्क साम्पाङ भन्छन्–हामीले समर्थन गरेका छैनौँ

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

जेन-जी समूहबाट अन्तरिम सरकारको प्रमुखमा सिफारिस पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समर्थन गरेका छन् । 

बालेनको सचिवालयका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘जेन-जीले गरेको निर्णयमा मेरो पनि समर्थन छ भनेर उहाँले भन्नुभएको छ ।’

उता धरानका मेयर हर्क साम्पाङले भने आफूहरूले सुशीला कार्कीलाई समर्थन गरेको कुरा गलत भएको भनेर फेसबुकमा लेखेका छन्। आफू र बालेनले कार्कीलाई समर्थन गर्ने निर्णय नगरेको उनको भनाइ छ। साम्पाङले प्रधानमन्त्रीका लागि आफू नै तयार रहेको बुधबार प्रधानासेनापतिसँग छलफलबाट निस्किएपछि बताएका छन्। बालेनले भने प्रधानमन्त्रीका लागि इच्छा देखाएका छैनन्। 

सुझावित समाचार