२४ घण्टासम्म निभेन सहरी विकास तथा भवन निर्माण विभाग भवनकाे आगो

विभागका ३२ वटा चालू अवस्थाका गाडी जले

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

२४ घण्टा बित्दा पनि सहरी विकास तथा भवन निर्माण विभागको भवनको आगो निभेको छैन । मंगलबार ३ बजे जेन–जी समूहको आक्रमणकारीले सोही भवनमा आगो लगाएका थिए । आठ तलाको उक्त भवनमा अहिले दमकलको सहायताले सेनाले आगो निभाइरहेको छ ।

विभागका ३२ वटा चालू अवस्थाका गाडी पनि जलेका छन् । विभागपरिसरमा रहेका आठतले एउटा भवन र पाँच ब्लकमध्ये तीन ब्लक मात्र जोगिएको छ ।

सुझावित समाचार