रास्वपाका दुई सांसदद्वारा राजीनामा घोषणा

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

रास्वपाका दुई सांसदले राजीनामाको घोषणा गरेका छन् । ललितपुरबाट प्रत्यक्ष निर्वाचित डा. तोसिमा कार्की र समानुपातिकतर्फका सांसद असिम शाहले राजीनामा दिएका हुन् ।

जेन–जीको आन्दोलनलाई साथ दिन आफूहरूले राजीनामा दिएको उनीहरूले बताएका छन् ।

रास्वपाका सभापति रवि लामिछानेले जेलबाटै सोमबार राजीनामाका लागि तयारी अवस्थामा बस्न सांसदहरूलाई निर्देशन दिएका थिए । यसबारे पार्टीले आधिकारिक निर्णय लिनुपूर्व नै उनीहरूले राजीनामाको घोषणा गरेका हुन् ।

See More On

सुझावित समाचार