जेन–जीको प्रदर्शन नरोकिने भएपछि वीरगन्जमा साँझ ६ बजेसम्म कर्फ्यु आदेश

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जीको प्रदर्शन नरोकिने भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा सोमबार राति ९ बजे जारी  गरेको कर्फ्यु आदेश बुधबार साँझ ६ बजेसम्म जारी गरेको छ । 

सोमबार बिहानदेखि सुरु भएको जेन–जीको प्रदर्शन नरोकिने भएपछि  स्थानीय प्रशासनले सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजे सम्मको कर्फ्यु आदेश बुधबार साँझ ६ बजेसम्म गरेको हो । 

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उतरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ( क) बमोजिम महानगरपालिकाको यी क्षेत्रमा कर्फ्यु आदेश भएको हो ।  साथै महानगरको यस क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उनले बताए ।
 

सुझावित समाचार