विपक्षी दलले मागे प्रधानमन्त्रीको राजीनामा

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण
विपक्षी दलले मागे प्रधानमन्त्रीको राजीनामा

फाइल तस्बिर

विपक्षी दलले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । आज बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

बैठकले नरसंहारको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको मागसमेत गरेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए । जेन–जीसँग सार्थक वार्ता गर्नुपर्ने पनि विपक्षी दलहरूले औँल्याएका छन् । बैठकले जेन–जी आन्दोलनका जायज मागप्रति समर्थन गरेको छ ।

सुझावित समाचार