नवलपुरका शैक्षिक संस्था बन्द

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलन र शोकको कारण नवलपुरका सबै शैक्षिक  संस्था आज बन्द गरिएको छ ।  प्याब्सन  नवलपुर, नेपाल शिक्षक महासंघ नवलपुर, सम्बन्धित क्याम्पस तथा स्थानीय तहहरूले छुट्टाछुट्टै सूचना जारी गरी नवलपुरमा शैक्षिक संस्था बन्द गरिएको हो ।  

जेन–जीकाे प्रदर्शन हिंसात्मक बन्दै गएपछि यहाँ शैक्षिक संस्थाहरू बन्द गरिएका हुन् । नवलपुरमा भने अहिलेसम्मको प्रदर्शन शान्तिपूर्ण रहेको छ ।

सुझावित समाचार