नयाँ बानेश्वरमा जेनजी प्रदर्शन उग्र, प्रहरीले चलायो गोली

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ ।

आकस्मिक रूपमा गोली चल्नु र कर्फ्यु आदेश जारी भएपछि आसपासका बासिन्दा त्रसित बनेका छन्। सार्वजनिक यातायात अवरुद्ध हुँदा यात्रुहरू समेत मर्कामा परेका छन्।

सुझावित समाचार