सुनको मूल्य तोलामा १६ सयले बढ्यो

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको एक हजार ६ सयले बढेर प्रतितोला दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने सुन तोलाको दुई लाख १० हजार चार सयमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको दुई हजार ४९० मा कारोबार भएको थियो।

सुझावित समाचार