रौलेश्वर बहुमुखी क्याम्पसको अध्यक्षमा पण्डित निर्वाचित

शनिबार, २१ भदौ, २०८२
डिजिटल संस्करण
रौलेश्वर बहुमुखी क्याम्पसको अध्यक्षमा पण्डित निर्वाचित

पुष्पकमल पण्डित

कञ्चनपुर बेलडाँडीको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुष्पकमल पण्डित निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्याम्पस सञ्चालक समितिको निर्वाचनबाट अध्यक्षमा पण्डित निर्वाचित भएका हुन् । 

पण्डित प्रतिस्पर्धी उम्मेदवार पवनकुमार जोशीलाई १० मत र अर्का उम्मेदवार इश्वरीदत्त भट्टलाई २७ मतअन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । पण्डितले ६१, जोशीले ५१ र भट्टले ३४ मत ल्याएका छन् । 

यस्तै, पाँच खुला सदस्यतर्फ भुवनेश्वर पण्डित ८२, वीरबहादुर बडुवाल ८०, नरेन्द्र रोकाया ८१, महेश विष्ट ६३, सञ्जिव विक्रम सिह(धुव्र) ६२ मत ल्याएर निर्वाचित भएका छन । बुद्धिजिवी सदस्यतर्फ वीरबहादुर सिह ठकुरीले ७२, जयलाल भट्टले ६९ मत ल्याएका थिए । यसअघि दलित आदिवासी सदस्यतर्फ लक्ष्मण सुनार, महिलातर्फ कलाबली बम र लोकमाया जेठारा निर्वाचित भएका छन् । 

क्याम्पस प्रमुख प्रयागराज जोशीले कुल १७२मतदातामध्ये १५०मत खसेको जसमध्ये १४६ मत सदर भएको बताए । सहमति हुन नसकेपछि क्याम्पसले निर्वाचिन प्रक्रियाबाट सञ्चालक समिति छनौट भएको हो । ०६४ सालमा स्थापना भएको क्याम्पसमा पहिलोपटक निर्वाचनमार्फत समिति चयन भएको हो । 

 

सुझावित समाचार