एमाले विधान महाधिवेशन : ‘क्युआर कोड स्क्यान’ गरेर मात्र प्रवेश पाइने

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

विधान महाधिवेशनको तयारी तीव्र पारेको एमालेले प्रतिनिधिलाई ढोकामा परिचयपत्रमा रहेको ‘क्युआर कोड स्क्यान’ गरेर मात्र प्रवेश गर्न दिने भएको छ । गोदावरीस्थित सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ ।

विधान महाधिवेशनमा दुई हजार ३३ प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुनेछन् । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान महाधिवेशनका प्रतिनिधि हुने भनेको छ ।

१०औँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरूसमेत आयोजकका हैसियतमा मात्रै सहभागी हुनेछन् ।

प्रतिनिधिहरूलाई एसएमएसमार्फत विधान महाधिवेशनको निमन्त्रणा पठाइएको छ । राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव छपाइको काम भइरहेकोे प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा २०–२२ भदौमा एमालेको विधान महाधिवेशन हुँदै छ ।

सुझावित समाचार