पूर्वी अफगानिस्तानकाे भूकम्पमा ज्यान गुमाउने ८०० पुगे

सरकारी प्रवक्ताले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन्

सोमबार, १६ भदौ, २०८२
डिजिटल संस्करण

अफगानिस्तानको पूर्वी प्रान्त कुनार र नान्गारहारमा गएको ६.१ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको संख्या ८०० भन्दा बढी पुगेको छ भने कम्तिमा २८ सय सर्वसाधारण घाइते भएका छन्। अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने चेतावनी दिएका छन्।

सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार पत्रकार सम्मेलन आयोजना गरी आइतबार मध्यरातमा गएएकाे भुकम्पमा परी कम्तिमा ८१२ जनाको मृत्यु भएको बताए। यो विपत्तिले युद्धग्रस्त राष्ट्रको स्रोतसाधनमा थप दबाब दिनेछ, जुन पहिले नै गरिबी, मानवीय सहायताको अभाव र छिमेकी देशहरूद्वारा लाखौं अफगान शरणार्थी र आप्रवासीहरूको निर्वासनसँग संघर्ष गरिरहेको छ ।

सुझावित समाचार