सुनचाँदीको मूल्य बढ्यो

बिहिबार, १२ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार  चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 बुधबार सुन तोलामा एक लाख ९९ हजार रुपैयाँमा कायम भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर दुई हजार ३५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार ३४५  रुपैयाँ कायम भएको थियो । 
 

सुझावित समाचार