बन्दीपुर केबलकारको आइपिओ बिक्री खुला

बिहिबार, १२ भदौ, २०८२
डिजिटल संस्करण

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुलाएको छ । कम्पनीले ५८ लाख ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

सोहीअनुसार पहिलो चरणमा पाँच लाख ६६ हजार आयोजना प्रभावितलाई र अर्को पाँच लाख २९ हजार ४०० कित्ता कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीमा निष्कासन गरिसकेको छ । 

बाँकी रहेको सेयरमध्ये पनि दुई लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष, एक लाख ५८ हजार आठ सय २० कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सर्वसाधारणका लागि बिक्री खुलेको हो ।

See More On

सुझावित समाचार