पोखरामा नगरबस दुर्घटना, २४ जना घाइते

सोमबार, ९ भदौ, २०८२
डिजिटल संस्करण

पोखरा महानगरपालिका आर्बामा नगरबस दुर्घटना हुंदा २४ जना घाइते भएका छन्।

घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पोखरामा उपचार भइरहेको छ। जसमध्ये २० जना सामान्य घाइते र चारजनाको अवस्था केही गम्भीर रहे पनि सबै घाइतेहरू खतरामुक्त रहेका छन् ।

१३ नम्बर वडाका वडाध्यक्ष किरण बरालको निजी सवारी र अन्य दुईवटा एम्बुलेस प्रयोग गरि घाइतेहरूको उद्धार गरिएको थियो।

सुझावित समाचार