सुनको मूल्य तोलामा २३ सयले बढ्यो

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर आज प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने सुन तोलामा एक लाख ९५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।  

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँ बढेर आज दुई हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला दुई हजार तीन सयमा १० रुपैयाँमा कायम भएको थियो । 

सुझावित समाचार