प्रचण्डसँग रविले भने–भैरहवामा गोलघरजस्तै गरी राखियो

बुधबार, ४ भदौ, २०८२
डिजिटल संस्करण
प्रचण्डसँग रविले भने–भैरहवामा गोलघरजस्तै गरी राखियो

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारमा आफूलाई गोलघरमा जस्तै गरी राखिएको बताएका छन्।

लामिछानेसँगको भेटपछि उनको भनाइ उदृत गर्दै माओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग भने– ‘उहाँको भाषामा भन्ने हो भने भैरहवामा झन्डैझन्डै गालघरमा जस्तै गरी राखियो, धेरै ठूलो पिडामा भएँ भन्ने थियो।’

भैरहवा कारागारमा बस्दाको जटिल स्थिति लामिछानेको अनुहारमै देखिएको उल्लेख गर्दै उनले भने, ‘भैरहवा बस्दाखेरीको स्थिति अलि धेरै नै जटिल, उहाँको अनुहारमा पनि देखिन्छ। उहाँ दुब्लाउनु भएको छ।’ 

नख्खु कारागारमा भने खानपान र बसाइ भैरहवाको तुलनामा राम्रो रहेको भन्दै लामिछानेले व्यवस्थापनको प्रसंसा गरेका प्रचण्डले बताए। 
 

सुझावित समाचार