आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

बुधबार, ४ भदौ, २०८२
डिजिटल संस्करण

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले  प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोधेको  प्रश्नको जवाफ  दिने कार्यसूची छ । 

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ । 
 

सुझावित समाचार