रामेछापको गुप्तेश्वरमा एक पुरुष मृत भेटिए

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

उमाकुण्ड गाउँपालिका– ६, गुप्तेश्वरमा सोमबार दिउँसो एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गुप्तेश्वरको जंगलस्थित खोल्सामा मृत अवस्थामा भेटिएका सोही गाउँका अन्दाजी ४० वर्षीय प्रकाश सुनुवार रहेको इलाका प्रहरी कार्यालय प्रितीले जनाएको छ ।

मृतक सुनुवारको घर पनि सोही स्थानमा रहेको र घरबाट करिब एक सय मिटर उत्तरतर्फको पाखा खोल्सामा मृत अवस्थामा उनको शव स्थानीयहरूले देखेपछि प्रहरीमा खबर गरेका थिए । 

घटनास्थल पुगेको प्रहरीले शव मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि दोलखाको जिरी अस्पताल पठाएको छ । घटना के–कसरी घटेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार