कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा महर्जन

शुक्रबार, ३० साउन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन्। शुक्रबार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महर्जनलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्।

कांग्रेस संसदीय दलको विधान २०७९ को धारा ११ को उपधारा १० बमोजिम महर्जनलाई प्रमुख सचेतक नियुक्त गरिएको हो। पूर्वमन्त्रीसमेत रहेका महर्जन काठमाडौं १० ‘१’बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

यसअघि गत साउन २४ मा प्रमुख सचेतक नियुक्त भएका कञ्चनचन्द्र बादे शुक्रबार प्रदेशको सामाजिक विकासमन्त्री बनेपछि रिक्त जिम्मेवारी महर्जनलाई दिइएको हो।

सुझावित समाचार