शनिबार दिनभर तामाकोशी क्षेत्रमा नजान स्थानीयलाई आग्रह

शुक्रबार, ३० साउन, २०८२
डिजिटल संस्करण

शनिबार तामाकोशी क्षेत्रमा नजान अपर तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयलाई आग्रह गरेको छ। सोही दिन बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलविद्युत् आयोजनाको जलाशय सफा गर्ने कार्यक्रम भएकाले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गांगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिँगटी, नयाँ पुल, किर्ने र खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म नै पानीकाे सतह घटबढ भइरहने हुनाले सोही ठाउँमा नजान स्थानीयलाई आयोजनाले अनुरोध गरेको छ ।

दिनभरि नै सोही क्रम चलिरहने हुनाले माछा मार्न, नुहाउन, पौडी खेल्न, लुगा धुन, गाडी तार्न, बालुवा निकाल्नेजस्ता कार्यहरू नगर्नसमेत अनुरोध गरेको छ । मृतकको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपरे होसियारीका साथ गर्न पनि आयोजनाको अनुरोध छ । 
 

सुझावित समाचार