चार प्रदेशमा भारी वर्षाको सम्भावना

बिहिबार, ३० साउन, २०८२
डिजिटल संस्करण

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।  दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत पहाडी भागका केही स्थानमा र मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  त्यसैगरी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

See More On

सुझावित समाचार