युवाहरूको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँ : परराष्ट्रमन्त्री

मंगलबार, २८ साउन, २०८२
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशका युवा वर्ग देशको ठुलो पुँजी भएकाले उनीहरूको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छिन्। 

नेपालको जनसंख्याको ठुलो हिस्सा युवाहरूको रहेकाले यही वर्गले नै मुलुकको भविष्य निर्माणमा ठुलो योगदान गर्न सक्ने उनको भनाइ थियो। युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उनले जोड दिइन्।  

उन भनिन्, ‘म युवाहरू विदेश जानै हुँदैन भन्ने पक्षमा छैन। म भन्छु, यहाँहरू विदेश जानुस्, तर त्यहाँ ज्ञान, सिप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस्। हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ। सबै मिलेर देशको विकास गर्नुपर्छ।’

उनले देशका युवाहरूलाई सकारात्मक सोच मात्र राख्न र विद्यालय विश्वविद्यालयमा औपचारिक अध्ययनपछि केही न केही जीवनोपयोगी सिप सिकेर दक्ष बन्न सुझाव पनि दिइन्। 

सो कार्यक्रममा उक्त फाउन्डेसनले विगत लामो समयदेखि नेपालका विपन्न तथा अवसरविहीन बालबालिका तथा युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकताको सम्बोधन गर्दै व्यावसायिक सिप सिकाउँदै आएको छ।

सुझावित समाचार