नेपाललाई ११–० ले हराउँदै साबिक विजेता उत्तर कोरिया एएफसी महिला यू–२० च्याम्पियनसिपमा छनोट भएको छ ।
समूह ‘ए’को तीनै खेल जितेको उत्तर कोरियाले नौ अंक जोडेको छ । नेपालले चार अंक जोड्यो । यसअघि उत्तर कोरियाले साउदी अरेबियालाई १५–० तथा भुटानलाई ११–० ले नै हराएको थियो ।
आइतबार भुटानको राजधानी थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा उत्तर कोरियाले खेलभर नेपाललाई दबाबमा राखेको थियो । नेपालले खेलभर एकपटक पनि विपक्षीको पोस्टमा राम्रो प्रहार गर्न सकेन ।
यसअघि नेपाल भुटानसँग १–१ को बराबरी खेल्दा साउदीलाई १–० ले हराएको थियो । यो हारपछि नेपालको एसियन कप खेल्ने सम्भावना सकिएको छ ।
नेपालमाथि ११ गोल हान्दै उत्तर कोरिया बन्यो च्याम्पियन
सुझावित समाचार
विराटनगर किंग्समा श्रीलंकाका एन्जेलो म्याथ्युज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्वकप्तान एन्ज…
नेपालमा आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ आयोजना हुने
काठमाडौं । नेपालले आगामी डिसेम्बर ४ देखि २१ सम्म आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना गर्ने भएको छ…
कर्णाली याक्सले भित्र्यायो पाकिस्तानका हुसैन तलात
काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेस्टराष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ ।&nb…
एकदिवसीय विश्वकप छनोटको प्लेअफ खेल नेपालमा हुने
काठमाडौं । आगामी वर्ष हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोटको प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट …
पोखरा एभेन्जर्समा अनुबन्ध भए बंगलादेशी अलराउन्डर मेहदी हसन
काठमाडौं । बंगलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पो…
एनपिएलका सबै खेललाई आइसिसीको आधिकारिक मान्यता
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट आधिकारिक मान्यता प…