साताभरमा ७२.२६ अंकले घट्यो नेप्से

शनिबार, २४ साउन, २०८२
डिजिटल संस्करण

साताभरमा सेयर बजार परिसूचक नेप्से ७२.२६ अंकले घटेको छ । गत साताको अन्तिम सेयर कारोबार हुने दिन २९ सय २२.६३ विन्दुमा रोकिएकोे परिसूचक यो साताको अन्तिम कारोबार हुने दिन बिहीबारसम्म २८ सय ५०.३७ विन्दुमा रोकिएको हो ।

साताभरमा सबैभन्दा ठुलो कारोबार आइतबार भएको थियो । १२ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको थियो । बुधबार सबैभन्दा कम कारोबार सात अर्ब ४३ करोडको कारोबार भएको थियो । अन्तिम दिनमा बजार पुँजीकरण ४७ खर्ब ५७ अर्ब रुपैयाँ कायम भएको छ ।  

See More On

सुझावित समाचार