कम्प्युटर सोर्स कोड चोरी गरेको आरोपमा दुईजना पक्राउ

शुक्रबार, २४ साउन, २०८२
डिजिटल संस्करण
कम्प्युटर सोर्स कोड चोरी गरेको आरोपमा दुईजना पक्राउ

तस्बिर : एआईबाट तयार गरिएको

सफ्टवेयर कम्पनीको सोर्स कोड (स्रोत संकेत)मा अनधिकृत पहुँच पुऱ्याई चोरी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुईजनालाई पक्राउ गरेको छ।

प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट सोर्स कोड चोरी गरी बौद्धिक सम्पत्तिमा आघात पुऱ्याउने मनसाय लिएको देखिन  आएकाले दुईजनालाई पक्राउ गरेको ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका– ५ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका– १६ बालाजु बस्ने २६ वर्षका सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका– ४ घर भई ललितपुर महानगरपालिका– ४ धोबीघाट बस्ने २४ वर्षका सुमन श्रेष्ठ रहेका छन्।

उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा बिहीबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच–पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।

सुझावित समाचार