बढ्दै छ नसर्ने रोगको भार, रोकथाम भने कमजोर

बिहिबार, २३ साउन, २०८२
डिजिटल संस्करण

नेपालमा नसर्ने रोग बढ्दै गए पनि यसको नियन्त्रण र रोकथाम प्रयास कमजोर देखिएको छ । हाल नेपालमा नसर्ने रोगका कारण राज्यले समेत ठुलो आर्थिक भार खेपिरहे पनि यसको नियन्त्रण प्रयास कमजोर रहेको विज्ञहरूले बताएका छन् ।

नेपाल एनसिडी अलाइन्सले बुधबार आयोजना गरेको छलफलमा डा. मनिता प्याकुरेलले नेपालमा नसर्ने रोगको दर बढ्दै गइरहेको बताइन् । यस्तो प्रकारको रोगका कारण समाज, परिवार र राज्यलाई नै आर्थिक भार थपिएका वेला रोकथाम र नियन्त्रण प्रयास कमजोर रहेको उनको भनाइ थियो ।

‘नसर्ने रोगको तथ्यांक हेर्दा नेपाल पनि जोखिम र भयावहको अवस्थामा छ । नसर्ने रोगबाट ग्रसित नेपालले देशलाई चाहिने दक्ष जनशक्ति गुमाइरहेको छ,’ उनले भनिन्, ‘तर, यसमा सरकारको प्रयास निकै कमजोर छ, नसर्ने रोगका कारण मानिसहरू स्वस्थ र पूरा जीवन बाँच्न सकेका छैनन् ।’

प्याकुरेलका अनुसार नसर्ने रोगको भार र त्यसको तथ्यांक हेर्दा नेपाल पनि ग्रसित मुलुकमा गनिन्छ । सार्क मुलुकमा नसर्ने रोगको अवस्था हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ । 

सुझावित समाचार