नयाँ ग्यालेक्सी स्मार्टफोनहरूमा मल्टी–बाई अफर : ग्यालेक्सी बड्स र वाचहरूमा ३२ प्रतिशतसम्मको छुट

बुधबार, २१ साउन, २०८२
डिजिटल संस्करण

सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने अफर सार्वजनिक गरेको छ।

सीमित अवधिको लागि उपलब्ध यो अफरअन्तर्गत ग्राहकहरूले ग्यालेक्सी वाच ८ सिरिज र बड्स ३ लाइनअपजस्ता ग्यालेक्सी वेरेबलहरू खरिद गर्दा विशेष छुट पाउने कम्पनीले जनाएको छ।सामसङको नयाँ फ्ल्यागसिप, ए–सिरिज वा एम–सिरिजका स्मार्टफोनहरू खरिद गर्दा ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्मको छुट प्राप्त हुनेछ।

यो मल्टी–बाई अफरले ग्राहकलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ। ग्यालेक्सी वाच ८ क्लासिक वा बड्स ३ प्रोजस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर ग्राहकले आफ्नो अनुभवलाई अझ स्मार्ट र शक्तिशाली बनाउन सक्नेछन्। स्वास्थ्य निगरानी, सहज कनेक्टिभिटी वा उत्कृष्ट अडियो अनुभवका लागि यी ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले ग्राहकको स्मार्टफोनलाई थप उपयोगी बनाउँछन्। 

यो विशेष मल्टी–बाई अफर लिनका लागि वेबसाइटमा गई आफ्नो नजिकको रिटेलर छान्नुहोस् र दर्ता गरी २ हजार रुपैयाँको अग्रिम रकम अनलाइन भुक्तानी गर्नुहोस्। प्रमाणीकरणपछि प्राप्त ओटिपी सुरक्षित राख्नुहोस् र ५–७ दिनभित्र ओटिपीसहित रिटेलरमा जानुहोस्।

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्। प्रक्रिया निकै सरल छ—केवल आफ्नो नागरिकता प्रमाणपत्र भए पुग्छ।

सुझावित समाचार