पूर्वसहसचिव विष्णु प्रसाद शर्माले तीज पर्वलाई लक्षित गरी मौलिक स्वाद बोकेको तीज गीत ‘सरकारी प्याउली जोवन’ सार्वजनिक गरेका छन्।
सार्वजनिक गीतमा शर्मा स्वयंको स्वर रहेको छ भने उनीसँगै गायक नरहरी प्रेमी, पूर्णकला वि.सि. र अनिल श्रेष्ठको पनि स्वर रहेको छ। गीतको शब्द र भाका संयोजन शर्माले नै गरेका हुन् भने संगीत संयोजन लोकप्रिय गायक तथा संगीतकार नरहरी प्रेमीले गरेका छन्।
लोकप्रिय तीजको माहोलमा भिन्न प्रस्तुति दिँदै तयार पारिएको ‘सरकारी प्याउली जोवन’ शीर्षकको गीतमा परम्परागत लोकशैलीको मिठाससँगै समसामयिक भाषिक प्रस्तुति र सरकारी सेवामा कार्यरत कर्मचारीको परिवेशलाई समेत उजागर गरिएको छ। गीतको मिजासले लोकभाकाको सौन्दर्य, तीजको सांस्कृतिक पक्ष र सामाजिक सन्देशलाई समेट्ने प्रयास गरेको देखिन्छ।