पूर्वमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मंगलबार, २० साउन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’लाई कर्णाली प्रदेश सरकारले कालोसूचीमा राखेको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालय कालोसूचीमा राखेको हो।

१७ भदौ ०७८ मा वीरेन्द्रनगर सुर्खेतका १५ वटा सडक निर्माण कार्य जिम्मा लिएर काम नगरे भन्दै कालोसूचीमा राखिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडकअन्तर्गत प्याकेज १ मा पर्ने सडक तामाङको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले प्रदेश सरकारका संरचना तथा सरकारी कार्यालय रहेको क्षेत्रका १५ वटा रणनीतिक महत्त्वका सडक सम्झौताअनुसार नगरी अलपत्र पारेको थियो । 

उक्त कम्पनीले वीरेन्द्रनगरका शहरी सडक निर्माणका लागि १२ करोड ९४ लाख रुपैयाँमा ठेक्का पाएको थियो। तामाङले पाएका सडक सम्झौता समाप्त भई जरिवाना तोकेर सम्पन्न गर्न दिएको मितिमा समेत निर्माण सम्पन्न हुने सम्भावना नदेखिएको कालोसूचीमा राखिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक ई. सूर्यबहादुर शाहीले बताए । 

पहिलो सम्झौतामा सडक नबनेपछि दोस्रोपटक थपिएको समयावधि २० मंसिर ०८१ मा समाप्त भइसकेको छ । दोस्रोपटक थपिएको समयावधिमा सडक निर्माणले पूर्णता नपाउने देखिएपछि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमातहत रहेको पूर्वाधार निर्देशनालय सुर्खेतले निर्माण कम्पनीलाई कालोसूचीमा राखिदिने गरी एक्सनमा उत्रिएको थियो । त्यसपछि मात्रै सांसद तामाङको कम्पनीले काम थालेको रोकिएको थियो ।

उतिवेला निर्देशनालयले कम्पनीलाई प्रतिदिन सम्झौताको कुल रकमको ०.५ प्रतिशतका दरले जरिवाना तिर्ने गरी दुई सय दिनको समायावधि दिएको थियो ।  तर, त्यो समयमा काम नगरेको सम्पर्कमा नआउँदा कालोसूचीमा राखिएको निमित्त निर्देशक शाहीले बताए ।

सुझावित समाचार