कुलोमा बगेर दाङमा दुई वर्षीया बालिकाको मृत्यु

सोमबार, २० साउन, २०८२
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा कुलोमा बगेर गम्भीर घाइते भएकी दुई वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।

स्थानीय सुदेश बस्नेतकी छोरी सुष्मा बस्नेत सोमबार साँझ साढे ५ बजेतिर घरअगाडि खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसी बगाउँदा गम्भीर घाइते भएकी थिइन् ।  बालिकालाई तत्कालै स्थानीयले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर बाँके पठाइएको थियो।

उनको उपचारकै क्रममा राति करिब साढे ९ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए । शव नेपालगञ्ज मेडिकल कलेजको शवगृहमा राखिएको छ।
 

सुझावित समाचार