दाउन्नेमा पहिरो खस्यो, सडक अवरुद्ध

सोमबार, २० साउन, २०८२
डिजिटल संस्करण

नवलपुरको दाउन्ने डाँडाको विश्वकर्मा बाबा मन्दिरनजिकै पहिरो खसेर सडक अवरुद्ध भएको छ। बिहानैदेखिको पानीका कारण बाटो हिलो र चिप्लो भएर सवारीसाधन चल्न नसकेको सडकमा पहिरो गएको हो।

आज दिउँसो १ बजेतिर विनयी त्रिवेणी गाउँपालिका– २, विश्वकर्मा बाबा मन्दिरनजिकै पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोका कारण पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध भएको छ। अहिले  सडक एकतर्फी रूपमा चलेको प्रहरीले जनाएको छ।

हिजोदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेगर बगाएर खाल्टाखुल्टी पनि भएको छ।

सुझावित समाचार