एक किलोभन्दा बढी कोकिनसहित चारजना विदेशी नागरिक पक्राउ

शुक्रबार, १७ साउन, २०८२
डिजिटल संस्करण

एक किलो ६०६ ग्राम कोकिनसहित चारजना विदेशी नागरिक पक्राउ परेका छन् । ब्यागमा लुकाइछिपाई ल्याएको लागुऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ परेका हुन् ।

काठमाडौंको इचंगुनारायणबाट दुईजना रसियन नागरिक र सिनामंगलबाट दुईजना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूउपर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए । 

See More On

सुझावित समाचार