बागमतीमा कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु, लामा र बानियाँबिच प्रतिस्पर्धा

बुधबार, १५ साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। प्रदेश सभा भवन परिसरमा केहीबेर अघिबाट मतदान प्रक्रिया थालिएको हो । संसदीय दलको नेताका लागि दुई दाबेदारबिच प्रतिस्पर्धा हुँदै छ।

हालका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँबिच प्रत्यक्ष प्रतिस्पर्धा भएको हो। लामा नेतृत्वविरुद्ध मंगलबार मात्र अविश्वास प्रस्ताव पारित भएपछि नयाँ नेताको चयन प्रक्रिया अघि बढाइएको हो । ११० सदस्यीय बागमती प्रदेश सभामध्ये कांग्रेसका ३७ जना सांसद छन्।

तीमध्ये बानियाँ पक्षमा २२ सांसद खुलेर उभिएका छन् भने लामा पक्षमा १५ सांसद देखिएका छन् ।मतदानपछि परिणाम सार्वजनिक गरिनेछ र त्यसको आधारमा कांग्रेस संसदीय दलको नयाँ नेता तय हुनेछ।
 

सुझावित समाचार