ज्यान ठुलो कि एक मिनेट?

आइतबार, ११ साउन, २०८२
डिजिटल संस्करण

पैदल यात्रुलाई बाटो वारपार गर्न अकासे पुल छ । सचेतनाका लागि पुलको दुवैतर्फ ठुल्ठुला अक्षरमा लेखिएको पनि छ– अकासे पुलको प्रयोग गरौँ । तर, यात्रु अकासे पुल छाडेर गाडीलाई छल्दै ज्यानकै बाजी थापेर सडकबाटै बाटो काट्दै छन् । जबकि अकासे पुलबाट बाटो काट्न बढीमा एक मिनेट लाग्ला । यो तस्बिर चक्रपथको बालकुमारी खण्डमा रहेको अकासे पुलमुनिको हो । 

सुझावित समाचार