पत्रकार सम्मेलनमा भण्डारीले के–के भनिन् ? [पूर्णपाठसहित]

शुक्रबार, ९ साउन, २०८२
डिजिटल संस्करण
पत्रकार सम्मेलनमा भण्डारीले के–के भनिन् ? [पूर्णपाठसहित]

तस्बिर : संजित परियार/नयाँ पत्रिका

एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले आज दिउँसो पत्रकार सम्मेलन गरिन्। एमालेको पूर्वउपाध्यक्षको रूपमा पत्रकार सम्मेलन गरेकी भण्डारीले संविधान र कानुनले आफूलाई राजनीतिक दलमा आबद्ध हुन कतैबाट नरोकेको जिकिर गरिन्।

‘नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । यो घामजत्तिकै छर्लंग भएको विषय हो,’ पत्रकार सम्मेलनमा भण्डारीले भनिन्।

आफ्नो सदस्यता नवीकरण नगर्ने एमाले नेतृत्वको निर्णयलाई चुनौती दिँदै उनले उक्त निर्णय अपरिपक्व र अवैध रहेको बताइन्। राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकाले कुनै पदप्रति आफूमा लालसा, महत्त्वाकांक्षा र आशक्ति नरहेको उनको भनाइ छ।

आफूविरुद्ध भएको निर्णय आवेग र उत्तेजनाका भरमा गरिएको भण्डारीको ठहर छ।

हेर्नुस् भण्डारीकाे वक्तव्यकाे पूर्णपाठ :

सुझावित समाचार