छाउगोठ भत्काउने अभियान जारी

शुक्रबार, ९ साउन, २०८२
डिजिटल संस्करण

कृष्णपुर नगरपालिका– १ मा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको छ । गत साता महिनावारी भएका वेला छाउगोठमा बस्न गएकी २८ वर्षीया कमला दमाईं (आउजी)को सर्पदंशका कारण मृत्यु भएपछि छाउगोठ भत्काउन सुरु गरिएको हो । 

वडाको निगाली र दोमिल्लाको श्रीपुर टोलमा रहेका छाउगोठ भत्काउने कार्य  सुरु भएको कृष्णपुर– १ का वडाध्यक्ष मोहन बस्नेतले बताए । उनका अनुसार दुवै ठाउँमा गरी हालसम्म १५ वटा छाउगोठ भत्काइएका छन् । छाउगोठ भत्काउनका लागि समिति गठन गरेर परिचालन गरिएको उनले जानकारी दिए ।

समितिले समुदायमा महिनावारीबारे सचेतना फैलाउने काम गरिरहेको वडाध्यक्ष बस्नेतले बताए। स्थानीय स्वतःस्फुर्त रूपमा छाउगोठ भत्काउने  अभियानमा संलग्न भइरहेका जनाउँदै उनले छाउगोठ भत्काउन अटेरी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने उल्लेख गरे। 

See More On

सुझावित समाचार