गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा युवराज न्यौपाने निर्विरोध चयन भएका छन् । एनआरएनए मकाउको सोमबार सम्पन्न अधिवेशनले न्यौपानेलाई निर्विरोध चयन गरेको हो। न्यौपाने मकाउमा व्यवसाय गर्छन् ।
हङकङ मकाउका लागि महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखकको प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए सचिव राधिका (टीका) गुरुङ सुपरिवेक्षक थिइन्।