सदस्यता नवीकरणबारे पूर्वराष्ट्रपति भण्डारी : आधिकारिक च्यानलबाटै जानकारी आउँछ

‘समसामायिक राजनीतिक परिस्थितिका विषयमा मात्र कुरा भयो’

आइतबार, ५ साउन, २०८२
डिजिटल संस्करण

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरणको जानकारी पार्टीको आधिकारिक च्यानलबाटै बाहिर आउने बताएकी छिन्। एमाले पार्टी कार्यालय च्यासलमा आइतबार साँझ अध्यक्ष केपी ओलीसँगको भेटर्वार्तापछि पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

 ‘अध्यक्षसँग समसामायिक राष्ट्रिय राजनीतिक परिस्थितिका विषयमा मात्र कुरा भयो,’ पार्टी सदस्यता नवीकरणबारे सञ्चारकर्मीको जिज्ञासामा भण्डारीले भनिन्, ‘बाँकी कुरा तपाईंहरूलाई आधिकारिक च्यानलबाटै थाहा हुन्छ।’

केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन ओली–भण्डारीबिच करिब दुई घण्टा एक्लाएक्लै छलफल भएको हो। भण्डारी कार्यालय पुग्ने भएपछि पछिल्लो समय उनीसँग निकट रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य कर्णबहादुर थापालगायतका नेताहरू पनि च्यासल पुगेका थिए।

सचिव योगेश भट्टराईले अध्यक्ष र पूर्वराष्ट्रपतिबिच राजनीतिक विषय टुंगिएपछि सदस्य नवीकरणको विषय स्वतः टुंगिने बताए।

सुझावित समाचार