एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच पार्टी कार्यालयमा आज छलफल हुँदै

आइतबार, ४ साउन, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच आज एमाले पार्टी कार्यालयमा छलफल हुने भएको छ। भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेको सन्दर्भमा उनीहरूबिच छलफल हुन लागेको हो। 

दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा छलफल हुन लागेको हो। हालै सम्पन्न एमालेको पदाधिकारी तथा पोलिटब्युरो बैठकमा भण्डारी पार्टी राजनीतिमा फर्कने विषयमा छलफल भएको थियो। कतिपय नेताले नेताले भण्डारीलाई स्वागत गर्नुपर्ने बताएपछि ओलीनिकट भने रोक्नुपर्ने पक्षमा छन्। जसकारण भण्डारीको पार्टी सदस्यतासमेत नवीकरण नगरी रोकिएको छ । 

शनिबार बसेको पोलिटब्युरो बैठकले भण्डारीको विषयमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको थियो। 

सुझावित समाचार