राजस्व छलीका विद्युतीय उपकरणसहित एक चिनियाँ पक्राउ

बिहिबार, २ साउन, २०८२
डिजिटल संस्करण

राजस्व छली गरिएका अवैध विद्युतीय उपकरणसहित काठमाडौं महानगरपालिका– ३२ पुरानो सिनामंगल बस्ने चिनियाँ नागरिक ३८ वर्षीय यु वाङलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं पुरानो सिनामंगल एरियामा चिनियाँ नागरिकसमेतका व्यक्तिहरूले अवैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसिक्यामेरालगायत बिलबिजक नभएका राजस्व छली गरिएका सामान तथा पार्टपुर्जा ल्याई भण्डारण तथा बिक्री–वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न वाङलाई सिनामंगल पञ्चमुखी चोकबाट पक्राउ गरेको हो।

साथै प्रहरीले उनको साथबाट विनाबिलबिजक राजस्व छली गरिएका दुई करोड १९ लाख ७६ हजार ७ सय रुपैयाँबराबरको विभिन्न कम्पनीका ल्यापटपका पार्टपुर्जा तथा ब्याट्री, सिसिक्यामेरा, एचडी क्यामेरालगायतका सामानसमेत बरामद गरेको छ।

सुझावित समाचार