बिजुली, इन्टरनेट तथा मोबाइल नेटवर्कको समस्याले ग्रसित मिक्वाखोला गाउँपालिकामा काम गर्न सकस

शनिबार, २८ असार, २०८२
डिजिटल संस्करण

 ताप्लेजुङको मिक्वाखोला गाउँपालिका जिन्सि शाखा प्रमुख दावा शेर्पाले आफ्नो मोवाइल आफ्नो कार्यकक्षको झ्यालमा ठड्याएर राखेका थिए । त्यो झ्यालतर्फ कोही गयो भने उनी त्यो मोवाइल हल्लिन्छ नजानु त्यता भन्दै अनुरोध पनि गर्दै थिए । उता, पालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतम पनि कार्यकक्षको झ्यालमै मोवाइल ठड्याएर कम्प्युरमा काम गरिरहेका थिए । जिन्सि शाखाका प्रमुख शेर्पा र प्रमुख प्रशासकीय अधिकृत गौतमले मोवाइल झ्यालमा ठड्याउनुको कारण नेटवर्क नजाओस भनेर थियो । 

मोवाइल हल्लियो भने नेटवर्क जाने गर्छ । अनि डाटा चल्दैन थियो । डाटाबाट हटस्पट वाईफाई खोलेर कम्प्युटरमा कनेक्सन गरि दुवै जनाले चलाइरहेका थिए । असारको क्लोजिङको अन्तिम हुन लागेको थियो । सवैजना विभिन्न योजनाको निकाशामा तल्लिन थिए । भुक्तानी निकाशाका लागि इन्टरनेट विना चल्दैन, त्यही भएर मोवाइलको डाटा खोलेर भएपनि काम गरिरहेका थिए । जब ४ बज्छ अनि मोलाईलको नेटर्वक पनि जाने गर्दछ । अनि सबै सिष्टम बन्द भएपछि काम गर्न समस्या भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।  

जिल्ला सदरमुकामदेखि धेरै टाढा अर्थात पश्चिम क्षेत्रको मिक्वाखोला गाउँपालिका केन्द्र साँबामा न  विजुली भरपर्दो छ । न  इन्टरनेट सेवा नै छ । मोवालको नेटर्वक नै बेलाबेला जान्छ । मोवाइल नेटर्वकको लागि कहिले डाडाँमा गएर चलाउनुपर्छ । नेटर्वक आउने ठाउँ हेरेर एक ठाउँमा नचलाई राखेर काम गर्नुकाे विकल्प छैन ।

विजुली केन्द्रीय प्रशारण लाइन सो पालिकामा पुगेको छैन । भर्खर तार टाङ्ने काम मात्र भइरहेको छ । कार्यालयमा सेवाग्राही आउँदा कहिले बिजुली छैन भन्नुपर्छ । कहिले इन्टरनेट । दुर्गम गाउँमा डाटाबाट चलेको इन्टरनेट के भरपर्दो हुन्छ र ? काम नगरी भएको छैन कार्यकारी अधिकृत गौतमले बताए । असार अन्तिम हुन लागेको छ । विभिन्न योजनाहरुको रकम निकाशा गर्नुपर्ने बाध्यता छ । यहीवेला मौसम बिग्रिएर पानी पनि परिरहेको छ । यस्तो अवस्थामा पनि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अनलाइनमार्फत रकम निकाशा गर्न बाध्य छ ।  

मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवामा विजुलीको केन्द्रीय प्रशारण लाइन पुगेको छैन । स्थानीय खोलाबाट लघु जलविद्युत संचालन छ । त्यसैको भर पर्नुपर्ने बाध्यता छ । इन्टरनेटका लागि सेवारो इन्टरनेटले सेवा दिएपनि तीन महिनादेखि सेवा अवरुद्ध भएको प्रमुख प्रशासकीय अधिकृत  गौतमलले बताए । पाँचवटा वडा रहेको सो पालिकाका सवै वडाले इन्टरनेटको समस्या भोग्नु परेको छ । 

सुझावित समाचार