विकासको गति बढाउन प्रधानमन्त्रीको निर्देशन

शनिबार, २८ असार, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले विकास आयोजना समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दु:ख पाउने अवस्थामा परिवर्तन गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकमा ओलीले विकासलाई केन्द्रित गरेर अगाडि बढे पनि सोचेजति कामले गति लिन नसक्नुका समस्याहरू पहिचान गरी स्पष्ट कार्ययोजनाका साथ लाग्न पनि निर्देश गरेका छन् ।

‘जनतालाई मलमा अनुदान दिने नीति छ, तर मलचाहिँ समयमा पाइँदैन । यस खालको जनता अलमल्याउने कुरा नगरौँ । बरु अनुदान घटाऔँ, आपूर्ति बढाऔँ,’ उनले भने, ‘हामीले देशको द्रुतगतिमा विकास गर्नुछ । १२ अर्ब लागतबाट थालनी गरिएको कुनै आयोजना ५२ अर्बसम्म लाग्ने स्थिति पनि देखिएको छ । यो स्थिति कसरी आयो ? यस्तो लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ?’

ओलीले सम्झौता गरिएको ठेकेदार वा ढाँचाबाट काम नभए अर्काे बाटो लिन जोड दिँदै यस खालको गतिले माथि उठ्न नसक्ने भएकाले कामको तरिकामा परिवर्तनका लागि चुस्तदुरुस्त रूप गर्ने शैलीमा लाग्नुपर्ने बताए ।  

सुझावित समाचार