३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्री ओलीको आग्रह

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीकाे आग्रह

शनिबार, २८ असार, २०८२
डिजिटल संस्करण

जनसंख्या नीति, २०८२ सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न आग्रह गरेका छन् ।

उनले सन्तानले डाँडाकाँडा ढाकून् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएको पनि बताए । ओलीले विकास र समृद्धिसँगसँगै जनसंख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरे ।

‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसंख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदम चाल्नुपर्छ,’ ओलीले भने, ‘सृष्टिको सिर्जनाका लागि मानव जाति जति मूल्यवान अर्काे छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरू यो धन्दा छोड । जनसंख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आमविनाशका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन । जनसांख्यिक असन्तुलनलाई कायम रहन दिनुहुँदैन।’  

सुझावित समाचार