वडा कार्यालयमा आगलागी हुँदा आठ लाखको क्षति

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

तनहुँकाे शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब रु. आठ लाखबराबरको क्षति भएको छ । 

आगलागीबाट रु. सात लाख ९८ हजारबराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए । आगोले ९० वटा कुर्सी, चारवटा दराज, सोफा, टेबल, एउटा  फ्रिज नष्ट भएका छन् ।

See More On

सुझावित समाचार