तीनकुने घटना : फरार तीनजना अदालतमा हाजिर, दुईजना धरौटीमा छुटे, एकजना थुनामा

बुधबार, २५ असार, २०८२
डिजिटल संस्करण

तीनकुने घटनामा फरार रहेका तीनजना आज बुधबार अदालतमा हाजिर भएका छन्। तीमध्ये दुईजना धरौटीमा छुटेका छन् भने एकजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले एकजनालाई थुनामा पठाउन र दुईजनालाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। अदालतले सतीश न्यौपानेलाई थुनामा पठाएको हो भने विनञ्जय थापा र राजेन्द्र जिसी जनही १५ हजार धरौटीमा छुटेका हुन्।

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा उनीहरूविरुद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको हो।

सुझावित समाचार