प्रतिनिधिसभामा ज्ञानेन्द्र शाहीको प्रश्न– जिबी राई कहाँ छन् ?

मंगलबार, २४ असार, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सहकारी ठगीका नाइके जिबी राई कहाँ छन् भन्ने प्रश्न गरेका छन् । 

मंगलबारको बैठकमा प्रमुख सचेतक शाहीले सहकारीमा धेरै जनताको पैसा डुबेको भन्दै राईलाई खोज्न माग गरे । ‘झन्डै ७३ लाख ८१ हजार जनताको पैसा ठगी भएको छ सहकारीमा ।  राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो । यो खोजी कार्य जारी गर्न पर्यो,’ शाहीले भने ।

पार्टी प्रतिपक्षमा हुँदा जिबीलाई पक्रेर ल्याउँछु भन्ने अहिलेका गृहमन्त्री कहाँ छन् भन्ने प्रश्न पनि शाहीले गरे । ‘हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ । राईलाई कहाँ लुकाएर राख्नुभएको छ,’ शाहीले भने । 

सुझावित समाचार