रसुवामा बाढी : हालसम्म ५० जनाको उद्धार

मंगलबार, २४ असार, २०८२
डिजिटल संस्करण

चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ । नेपाल  प्रहरी,  सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएकामा चार महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा एकजना चिनियाँ नागरिकसमेत छन् ।

गएराति रसुवामा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले नेपाल–चीन सिमानास्थित मितेरी पुल समेत बगाएको छ । जसका कारण सवारी साधन तथा मानिसहरूको आवत–जावत पूर्ण रूपमा बन्द भएको छ।

सुझावित समाचार