बाढीमा फसेका नौजनाको सकुशल उद्धार, सम्पर्कविहीन भएका ३७ जनामध्ये २२ जना सम्पर्कमा, १५ जनाको अवस्था अझै अज्ञात

मंगलबार, २४ असार, २०८२
डिजिटल संस्करण

नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीमा फसेका नौजनाको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन भएका ३७ जनामध्ये २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको र अन्य १५ जना अझै सम्पर्कविहीन रहेको रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।  

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकोप्टर तयारी अवस्थामा रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकोप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकोप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको छ ।     
 

See More On

सुझावित समाचार