उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

शुक्रबार, २० असार, २०८२
डिजिटल संस्करण

उपरथी दर्जामा पदोन्नति  भएका सहायक रथी रवीन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । शुक्रबार प्रधान सेनापति महारथी अशोकराज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमबिच उनलाई दर्ज्यानी चिह्न प्रदान  गरेका हुन् ।

पदोन्नतिसँगै उपरथी खत्री उपत्यका पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त भएका छन् । खत्री असार १३ गते उपरथी दर्जामा पदोन्नति भएका थिए ।कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारजनको उपस्थिति थियो ।
 

सुझावित समाचार