पहिरोले घर पुरिँदा चारजना घाइते

बुधबार, १८ असार, २०८२
डिजिटल संस्करण

सिदिङ्वा गाउँपालिका– ३ मा गएराति पहिरोले घर पुरिँदा चारजना घाइते भएका छन्। स्थानीय  हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले  जानकारी दिए। 

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार